बुटवल, २९ असार । प्रहरीले बुटवलमा लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
भारतको सुनौलीबाट अवैध लागुऔषध ल्याउदै गरेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका १५ का १९ वर्षीय रोहित राना र तनहुँ व्यास नगरपालिका ७ का २१ वर्षीय राजन गुरुङ्ग बुटवलको मिलनचोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरु चढेको ग २ प ४९३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा डाइजेपाम , फेनारगन ,नुफिनसहित अन्य लागुऔषधहरु बरामद भएको छ ।











