तुलसीपुर २६ असार । दलित अधिकारका क्षेत्रका उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’ सम्मानित भएका छन् । उनलाई एकीकृत राष्ट्रिय बिश्वकर्म समाज प्रदेश नम्बर ५ ले सम्मान गरेको हो ।

तुलसीपुरमा भएको एक कार्यक्रमका बीच उनी सम्मानित भएका हुन् । बिभिन्न खालका जातिय छुवाछुत अन्त्य गर्न शसक्त आवाज उठाएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।