तुलसीपुर २६ असार । प्रदेश नम्बर १ लाई चिनाउन देशभर साईकल यात्रा गरिरहेका ओम प्रकाश बानिय दाङ आएका छन् । सोमबार उनी दाङ आएका हुन् । प्रदेश नम्बर १ मा बिश्वकै अग्लो हिमाल सगरमाथा, पाथिभारा मन्दिर, नेपालकै होचो ठाउँ केचना रहेकाले ती पर्यटकीय स्थललाई थप प्रोत्साहन गर्न साईकलबाट देशभरको यात्रा गरिरहेका छन् । त्यस्तै उनले शान्ति समृद्धि र स्थायीत्वको नारालाई स्थापीत गर्न पनि देश दौडाहामा छन् ।











