काठमाडौं, २४ असार। संघीय संसदको संसदीय सुनुवाई विषेश समितिको सभापति नेकपाका सांसद योगेश भट्टराईलाई दिने भएको छ ।

Yogesh_Bhattaraiसंसद सचिवालयका अनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल सिफारिस भएका छन् ।त्यस्तै नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सिफारिस भएका छन् ।

संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट लक्ष्मणलाल कर्ण सुनुवाई समितिमा सिफारिस भएका छन् भने राष्ट्रिय सभाबाट नेकपाका सुमन प्याकुरेल, कांग्रेसका जितेन्द्र देव र नन्दा चपाई रहेका छन् ।