तुलसीपुर २४ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा रहेको होमस्टे सञ्चालन गर्नका लागि समिति गठन गरिएको छ । जसको अध्यक्षमा दोर्ण आचार्य चयन भएका छन् । बैठकले उपाध्यक्षमा सुर्य राणा, सचिबमा खोमलाल पुन, कोषाध्यक्षमा प्रेम राणा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा निमकान्त बुढा, तोम प्रसाद सापकोटा, दुरपती बुढा, धनबहादुर राणा रहेका छन् । बैठकले राम्रो गाउँ सामुदायिक होमस्टे समिति नामाकरण गरेको छ । आर्थिक समृद्धिका लागि होमस्टेको भूमिका महत्वपूर्ण हुने भएकाले स्थानीय सरकारले होमस्टेको बिकासमा बिशेष ध्यान दिनुपर्ने अध्यक्ष आचार्यले बताए ।
एक अगाडि मात्रै तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा होमस्टे सञ्चालनमा आएको छ । तुलसीपुरमा पहिलो पटक होमस्टे सञ्चालनमा आएको हो । तुलसीपुरलाई समृद्ध बनाउने आधार होमस्टे रहेको भन्दै होमस्टे सञ्चालनमा ल्याईएको अध्यक्ष आचार्यको भनाइ थियो ।











