गोविन्द खड्का
घोराही, २४ असार । दाया-बाया गमलामा फुल छन् । दुई गमलाको बिचबाट हरेक घर भित्र पस्नुपर्छ । जसको घरमा गमला छ त्यस ओरपर कसेर भेटिन्न । न त कुनै कचेराहरु थुप्रिएका छन् । आहा भन्ने सुन्दरता देखिन्छ ।
प्रबेश गर्दा वा टोलबाट बाहिरीदा फरक अनुभुति दिलाउने गरी घोराही १४ को जनचेतना टोल विकास संस्थाले परिवर्तन ल्याएको छ । त्यस टोल विकास संस्थाको एकता र विकास गर्ने उत्सुकताले प्रभावित बनाएको वडा अध्यक्ष शक्तिराम डाँगीले बताए । टोलवासी एवं भाडामा बस्नेहरुले पनि एउटै अनुशासनमा रहेर नियम पालना गरेका छन् । त्यसकारण पनि टोलका योजना कार्यन्वयन हुन्छन् ।
लामो समय देखिनै संस्थाले सरसफाइमा नमुना योग्य काम गर्दै आएको छ । त्यसले गरेका निर्णय र व्यवाहारमा ल्याएका कार्यन्वयनले सिंगै उपमहानगरको ईज्जत बढाएको धेरैको बुझाई छ । सरसफाइमा नगरको उत्कृष्ठ टोलको पुरस्कार पनि हात पारी सकेको छ । केहि उत्कृष्ठ टोलहरुको नाम सुनिन छाडेपनि जनचेतना टोलमा भने केहि न केहि नया“ काम हुने गरेका देखिन्छ ।
घर अगाडिका अशोकका रुख एकनास हुनेगरी काट छा“ट गरिएका छन् । ति रुख पलाए भने एकनासको अर्को सुन्दरता देखिनेछ । उपड खापडमा माटो भरेर सम्म पारिएको छ । आफ्नो घरको अगाडी नाली बाहिर पिचरोडमा सटाएर लगाईएका ईटादेखि नालीसम्म जमिन मिलाउने, दुबो लगाउने निर्णय गरेको थियो । टोलवासीले त्यसलाई कार्यन्वयनमा ल्याएका छन् ।
टोल प्रबेश गयो नै घरका छतहरुमा पनि गमलाहरु लस्करै देखिन थालेका छन् । थरी थरीका बोट एवं फुलहरु रोपिएका गमला सबैजसोका घरमा देख्न सकिन्छ । घरले ओगटेको क्षेत्रफलमा प्रतिधुर एउटा गमलामा फुल रोप्ने र सडक बाट देखिने गरी राख्ने टोलले निर्णय गरेको थियो । त्यस संगै गेटको दा“या बाया“ एक एक वटा फुल सहितका गमला राख्ने निर्णय गरेको थियो ।
आधा जति घरमा कार्यान्वयन आएको टोलविकास संस्थाका सचिव कुम्भ पुनले जानकारी दिए । उनका अनुसार भाडामा बस्ने वा घरभएका कसैले पनि पन्छिन नपाउने गरी निर्णय गरिएको छ । उनका अनुसार फोहर उठानउने गाडि आएको बोलामा मात्रै फोहर बाहिर निकाल्ने, गल्ने नगलने र तिखा धारिला जोखिम युक्त फोहर छुट्याउने, घर बाट निश्केपछि जहा जादा पनि फोहर सम्वन्धित ठाउमा फाल्ने त्यसतो अबस्था नआए आफैसंग राख्ने निर्णय गरेको छ ।
जिल्ला भर सरसफाइमा नमुना काम देखाउने गरी स्थानीय हेमराज बन्जाडे दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हुदै ‘सफा सुन्दर एवं हरीत जिल्ला’ जिल्ला कार्यक्रम घोषणा गरेका थिए । तत्कालीन उपाध्यक्ष नारायण भुषाल लगाएतले आ–आफ्ना टोलमा कार्यन्वयन गर्न ठुलो कसरथ गरे । आफ्नै क्षेत्र परिवर्तन गराउन निवर्तमान अध्यक्ष बन्जाडेले ‘सफा सुन्दर एवं हरित टोल निर्माणको अभियान, पर्यटनमैत्री स्वच्छ वातावरण जनचेतना टोलको शान’ भन्ने मुल नारा अगाडि सार्न टोलविकास संस्थालाई मद्धत गरे ।
सोही नारा २०७३ पौषमा पारित गरेर टोल अघि बढ्यो । त्यसलाई २०७५ आषाढ तिन गते संस्थाका अध्यक्ष कमल बुढाको अध्यक्षतामा बसेको बैठकले मुर्तरुप दिने निर्णय गर्दै कार्यान्वयनको चरणमा प्रबेश गरेको हो । खराब आनिवानी परिवर्तन सहित हरियाली प्रबद्र्धन र सरसफाइ अभियान सफल बनाउन संस्थाले केही थप निर्णय गरेको छ । कानुनले बर्जित गरेका कुराको व्यवसाय गरेको पाईए निरुत्साहित गर्ने, गलत काय गर्नेलाई सुझाव दिई सुधार्ने, सडकमा हिड्नेले फोहर फालेको देखेमा सम्झाउने र डस्टिविनको फोहर उपमहानगरपालिकाको सरसफाइ गाडिमा हाल्ने लगाएत अरु टोल र क्षेत्रका लागि अनुकरणीय निर्ण छन् ।











