इन्द्रेणी संवाददाता
दाङ, १७ असार
एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ परेका माओवादीका ४ कार्यता रिहा भएका छन ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका चार कार्यकर्तालाइ प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरेको थियो ।
उनीहरु बिहीबार साधारण तारेखमा छुटेका हुन । माओवादीका जिल्ला सदस्यहरु यमलाल कटुवाल, पुर्णप्रसाद खनाल, विक्रम खतिवडा र भिमबहादुर विकलाई दाङ देउखुरी जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
उनीहरु जेठ २९ गते लमही र लक्ष्मीपुरको चौपट्टामा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा ३१ गते पक्राउ परेका थिए ।।