इन्द्रेणी संवाददाता 

तुलसीपुर । नेपका एमाले दाङको बिहीबारको जिल्ला सचिवालय बैठकले हुकमबहादुर बस्नेतलाई कारवाही गरेको छ । अध्यक्ष जोगबहादुर रानाको अध्यक्षता र पोलिटव्यूरो सदस्य भागवत विश्वासीको प्रमुख आथित्यमा बसेको सचिवालय बैठकले एमाले जिल्ला कमिटीका निर्वाचित सचिव बस्नेतलाई जिल्ला कमिटी सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

3यसअघि जेठ १७ गते क्षेत्र नं. ४ का इञ्चार्ज मनोहर बुढाथोकीलाई दुइ वर्षसम्म3का लागि साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको थियो । तर त्यसको अघिल्लो दिन जेठ १६ गते हुकुमबहादुर बस्नेत नेतृत्वको समूहले कार्यबहाक अध्यक्ष रानालाई निलम्वन गरेको भन्दै बस्नेतलाई नै कार्यवहाक अध्यक्ष भएको घोषणा गरेको थियो । बस्नेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा वली पक्षधर र राना वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर मानिन्छन् । गुटगत राजनीतिले नेकपा एमाले दाङमा विवाद बढ्दै गएको छ ।