इन्द्रणी संवाददाता 

तुलसीपुर १७ असार । कृषि वनमैत्री खेतवारी संरक्षण कार्यक्रम अन्र्तगत जिल्ला भूसंरक्षण कार्यालय दाङले १२ हजार ४ सय फलफूलका विरुवा किसानलाई निशुल्क वितरण गरेको छ । विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउन र वनमैत्री कृषि व्यवसायलाई प्रोत्साहन गर्न फलफूलका विरुवा वितरण गरिएको जिल्ला भुसंरक्षण कार्यालय दाङका प्राविधिक सहायक दिनेश भट्टराईले जानकारी दिए ।

timthumbभूसंरक्षण कार्यालयले उत्पादन गरेका विभिन्न जातका फलफूलका विरुवा जिल्लाका ५५ समुहका किसान र व्यक्तिगत १ हजार २ सय किसान लाई ११ हजार विरुवा वितरण गरिएको भुसंरक्षण कार्यालय भट्टराईले बताए । जसमध्ये आम्रपाली जातका आँपका विरुवा ४ हजार ४ सय ४४ अन्यजातका २ हजार १ सय १, लिच्ची १ हजार ४ सय २६ , अनार १ हजार ५०,कागती २ हजार र हाइजम जातको १ हजार ४ सय वाँसको विरुवा वितरण गरेको जिल्ला भुसंरक्षण कार्यालय दाङका प्राविधिक सहायक भट्टराईले बताए ।

विरुवाको उत्पादनमा २ लाख लगानी गरेको भुसंरक्षण कार्यालयले विरुवा रोप्न उपभोक्ताहरुको समेत गरेर ५ लाख ५० हजार लागतसहभागिता पुगेको जानकारी दिएको छ । उसले वनमैत्री खेतवारी संरक्षणमा कुल ७ लाख ५० हजार लागतरहेको जानकारी दिएको छ । १ हजार ४ सय हाइजम जातको वाँसको विरुवा देउखरीको नदी कटान क्षेत्र संरक्षणमा वितरण गरेको भुसंरक्षण कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै अन्य फलफूलका विरुवा भने जिल्लाका विभिन्न स्थानका ५५किसान समुहका किसान र व्यक्तिगत रुपमा १ हजार २ सय किसानहरुलाई वितरण गरिएको सहायक भट्टराईले जानकारी दिए ।

हाल जिल्लामा वाह्य मुलुक वाट आयात हुने फलफूलको प्रतिस्थापन गरि जिल्लालाई फलफूलमा आत्मनिरभर बनाउन सयहोग पुगोस भनेर फलफूलका विरुवा उत्पादन गरेर किसानलाई वितरण गरिएको प्राविधिक साहेक भट्टराईले वताए । कार्यालय परिसरमै नर्सरी तयार गरि उत्पादन गरिएका फलफूलका विरुवा असार १४ गते देखि १६ गते सम्म वितरण गरिएको जिल्ला भुसंरक्षण कार्यालय दाङले जानकारी दिएको छ ।