Deepak-Manangeकाठमाडौं, १७ असार । चर्चित गुण्डा नाइके दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुण्डागर्दी गरेको उजुरीको आधारमा मनाङेको समुहलाई बिहिबार राती पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले जानकारी दिए ।

सम्पत्ती सुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केहि दिनअघि विशेष अदालत पुगेर त्यहाँका कर्मचारीलाई थर्काएका थिए । ।