भुपेन जी
दाङ, १६ असार जिल्लाको पहाडी भेगका दुई गाविसमा फैलिएको महामारीले सात सयभन्दा बढी बाख्रा मरेका छन् । काभ्रे र लोहारपानी गाविसमा जेठ पहिलो साताबाट फैलिएको महामारी नियन्त्रणमा नआएकाले बाख्रा मर्ने क्रम अझै नरोकिएको किसानहरूले बताएका छन् । काभ्रेको गहतेरा, तरा, कब्जा, भेडाबारी, कात्तिके, काभ्रे बचेनी र लोहारपानीको भित्रीखोला, आरुगैरा, तोडकेलगायतका स्थानमा महामारी फैलिएको छ । महामारीले तरा र गहतेरामा मात्रै दुई सयभन्दा बढी बाख्रा मरेका छन । काभ्रे गाविसले दुई स्थानमा गरेको अनुगमनअनुसार दुई सय सात बाख्रा मरेपछि किसानलाई करिब १९ लाखको क्षति भएको जनाइएको छ । ‘अन्य स्थानको हालत पनि यस्तै छ,’ ३१ बाख्रा गुमाएका काभ्रे–४ गहतेराका चोकबहादुर डााँगीले भने ।
महामारी नियन्त्रणमा नआउादा अन्य पशुमा पनि फैलिन थालेको छ । मरेका बाख्रा गाडिएको स्थानबाट गन्ध आएर गाउँ नै दुर्गन्धित भएको छ । यसले मानवीय स्वास्थ्यमा समेत असर पार्ने डरमा स्थानीय छन् । पशु सेवा कार्यालयको बेवास्ता जिल्लास्थित पशु सेवा कार्यालयले महामारी नियन्त्रणका लागि प्राविधिक टोली खटाए पनि रोग नियन्त्रणमा आउन सकेको छैन । कार्यालयले तीनवटा टोली खटाएको थियो । तर, महामारी नियन्त्रण गर्न गएका पशुचिकित्सक डा। रमेशप्रसाद नेपालीको टोली प्रभावित क्षेत्रमै नगई एक विद्यालयमा बैठक बसेर फर्किएको छ । ‘पशुसेवा कार्यालयले हदैसम्मको बेवास्ता गर्र्यो,’ काभ्रे–४ गहतेराका डासबहादुर डाागीले भने, ‘कार्यालयका प्रमुखलाई सहयोगका लागि आग्रह गर्यौा, तर उनले उल्टै मान्छे त मरेर जान्छ बाख्रालाई मर्न दिनुस् भनेर फर्काए ।’ निस्शुल्क खोपको पैसा महामारी नियन्त्रणका लागि खटाइएका प्राविधिकले उल्टै किसानको पीडामा नुन छर्कने काम गरेका छन् ।
निस्शुल्क खोप लगाइनुपर्नेमा किसानबाट तीनदेखि ६ हजार रुपैयाँसम्म असुलिएको डासबहादुर डाागीले बताए । ‘प्राविधिक टोलीले खोपबापत पैसा लाग्ने बताएपछि बाध्य भएर ऋण मागेर पैसा तिर्र्यौा,’ उनले भने, ‘तर, त्यो खोपले पनि बाख्रा जोगिएनन् ।’ उनका अनुसार महामारीमा सबैभन्दा बढी ३१ बाख्रा गुमाएका चोकबहादुर डाागीले खोपबापत ६ हजार पैसा तिरेका थिए भने उनी स्वयंले ११ बाख्रालाई खोप लगाएबापत तीन हजार रुपैयाा प्राविधिकलाई बुझाएका थिए । बजार भाउभन्दा निकै महागो मूल्यमा किसानबाट पैसा असुलिएको पाइएको छ । स्थानीय डाागीले बताएअनुसार बजारमा तीन सय ७० रुपैयाामा उनी आफौले किनेको खोपलाई गाउा पुगेको टोलीले ६ हजारसम्म तिराएको छ । ‘तीन सय ७० मा किनेको बोतलले मैले २५ वटा बाख्रालाई खोप लगाएा,’ उनले भने, ‘प्राविधिक टोलीले त्यति नै मात्राबराबरको खोप लगाउादा ६ हजारसम्म लगेका छन् ।
यसबारे जिल्ला पशु सेवा कार्यालयका प्रमुख जगतबहादुर सिंखडा स्वयंले महामारीमा लगाइएको खोप निस्शुल्क हुने बताए । प्राविधिकले त्यसरी पैसा नउठाएकाले तर खान–बस्नका लागि किसानसाग सामान्य खर्च उठाएको हुन सक्ने उनको दाबी छ । यद्यपि, स्थानीयले भने प्राविधिक टोलीलाई खान–बस्न पनि छुट्टै व्यवस्था गरिएको बताए । आय–आर्जनको स्रोत गुम्यो महामारीबाट सात सयभन्दा बढी बाख्रा मरेपछि किसानले एक करोड रुपैयाँभन्दा बढीको घाटा व्यहोर्नुपरेको छ । सामान्य आर्थिक अवस्था भएका यहााका किसानले ऋण गरेर बाख्रा पालेको बताएका छन् । ‘ऋण मागेर ३१ वटा बाख्रा पालेको थिएा । स्थानीय रेवन्त विष्टले भने, ‘अहिले खोर रित्तो भएको छ । एकातर्फ आय–आर्जनको बाटो पूरै बन्द भएको छ भने अर्कोतर्फ बाख्रा पाल्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता बढेको छ ।’ जिल्लाको पहाडी भेगमा अवस्थित ती गाविसमा खेतीपातीलगायत अन्य आयआर्जनको सम्भावना छैन ।
यहाका किसानले बाख्रा पालेर वा कालापहाड पुगेर रोजीरोटीको जोहो गर्दै आएका छन् । किसानले गत सोमबार क्षतिपूर्तिका लागि आग्रह गर्दै जिल्ला पशु सेवा कार्यालयमा निवेदन दर्ता गराएका थिए । यद्यपि, रोग नियन्त्रणमा देखिएका बेवास्ताले क्षतिपूर्तिमा पनि सरकारका तर्फबाट पहल हुनेमा किसानको आस छ । यसअघि पनि पशु सेवा कार्यालयले बेवास्ता गर्दा जिल्ला प्रशासन कार्यालयमा सहयोगको याचना गर्न पुगेको, तर प्रमुख जिल्ला अधिकारीले आश्वासन मात्र दिएर रित्तै फर्काइदिएको डासबहादुर डााँगीले बताए । ‘पशु सेवा कार्यालयका प्रमुखले मेरो १५–२० हजार तलबबाट म के नै गर्न सक्छु भनेर रित्तै फर्काए,’ उनले भने ।