दाङ १९ असार । परिवार नियोजन र प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम मंगलवार घोराही सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ को आर्थिक सहयोग एवं संस्थागत परिवार नियोजन क्लिनिकको आयोजनामा कार्यक्रम भएको हो ।

36512510_1705612819559964_1295472761946243072_nकार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीले नागरिकको सबै भन्दा महत्वपूर्ण धन स्वास्थ्य भएको बताए । स्वास्थ्य र सरसफाईमा सबैले ध्यान दिनुपर्ने पनि उनको भनाइ थियो ।

घोराही उपमहानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले प्रत्येक वडामा स्वास्थ्य स्वयम सेवीकालाई पुग्न आग्रह गरे । कार्यक्रमको प्रशिक्षकका राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा.रमेश यादव, लक्ष्मी ढकाल रहेका थए ।