जुम्ला, १९ असार । चिकित्सा क्षेत्रमा देखिएका विसंगतिको विरोध गर्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीको समर्थनमा आज स्थानीयले जुलुस प्रदर्शन गरेका छन् ।
केसीका शुभचिन्तकसहित चिकित्सकहरुको समेत सहभागिता रहेको जुलसरमा केही सहभागीहरु नाङगो भएर प्रदर्शनीमा उत्रिएका थिए । स्थानीय प्रशासनले केही ठाउँलाई निशेधित क्षेत्र घोषणा गरेको छ । डा. केसी शनिवारदेखि अन्सन वस्दै आएका छन् ।










