इन्द्रेणी संवाददाता 

तुलसीपुर १६ असार । डेढ बर्ष देखी नेपाल संस्कृत बिश्व बिद्यालय केन्द्रिय कार्यालय बिजौरी लागाईएका सबै ताला बुधबार खुलेका छन् । बिभिन्न बिद्यार्थी तथा कर्मचारी संगठनले लगाएका ताला  बुधबार दिउसो १ बजेतिर सांसदहरुले फोडेका हुन् । बिगत १८ महिना देखी केन्द्रिय कार्यालयमा  लागेका ताला बुधबार फोडिएको हो ।

13563439_568963029958295_528068516_nनंसंबि केन्द्रिय कार्यालयको मुलगेटमा गत जेठ ६ गते केन्द्रीय कार्यालयको मुलगेटमा गत जेठ ६ गते नेकपा एमाले निकट प्रगतिसिल प्राद्यापकक संगठन केन्द्रीय समितिले लगाएको ताला सोही पार्टीकै पोलिटव्यूरो सदस्य विश्वासीले रडले हानेर तोडेका थिए । त्यस्तै २०७१ साल फागुन २६ गते स्थानीयवासीले लगाएका छुट्टा छुट्टै ठाउँमा लागेका तिनवटा ताला पनि सांसद डिल्ली बहादुर चौधरी र भागबत बिस्वासीले फोडेका हुन् ।

ताला फोड्न नेपाली काँग्रेस र नेकपा एमालेका सांसद तथा नेताहरुको सहभागीता थियो । काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्का, सांसद डिल्लीबहादुर चौधरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, बिजौरी इकाई सभापति हिमवहादुर डाँगी पुगेका थिए । त्यसैगरी नेकपा एमालेको तर्फवाट सांसद एवं पोलिट व्यूरो सदस्य भागवत विश्वासी , जिल्ला कार्यवहाक अध्यक्ष जोगवहादुर राना लगताएका नेता कार्यकर्ता पुगेको टोलि ताला फोड्ने कार्यक्रममा सहभागी भएको थियो । बिगत लामो समय देखी बिद्यालयमा ताला लाग्दा पढाई प्रभाबित हुदै आएको छ ।।