दिपक बोहरा
तुलसीपुर १५ असार । करिब बिहानको १० बजेको समय । तुलसीपुर नगरपालिका ६ उत्तर कपडादेवीमा रहेको रामबहादुर चौधरीको खेतमा ३ हल गोरुले खेत हिलाम्य बनाउदै थिए । गर्मिले गर्दा मुखै भिज्ने गरी बगेका पसिना पुछ्दै धानको बिउकै माला लागाएको मानिशको हुल खेतमा प्रबेश ग¥यो । हुलमा दाङका प्रमुख जिल्ला अधिकारी , स्थानिय बिकास अधिकारी , जिल्ला कृषि बिकास कार्यालयका बालिसंरक्षण अधिकृत , पत्रकार महासंघका दाङका कार्यबहाक अध्यक्ष ,स्थानिय कृषक सहकारी समुह , कृषि जेटिएका बिद्यार्थीलगायत पत्रकारहरुको टोलि थियो ।
त्यतिकैमा हिलाम्य खेतमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले , स्थानिय बिकास अधिकारी रमेश गौतम, कृषि बिकास कार्यालय दाङका कृषि बिकास अधिकृत श्रीधर ज्ञवाली , पत्रकार महासंघ दाङका कार्यबहाक अध्यक्ष लक्ष्मी आचार्यको टोलीले एकै साथ सामा मंसुलि धानको बिउ लिएर रोप्न शुरु गरे । त्यो संगै स्थानिय किसान तथा सहभागीहरुले पनि गर्मिले गर्दा बगेका कलकल पसिना पुछ्दै रोप्न शुरु गरे ।
त्यतिकैमा धान रोप्दा रोप्दै प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले , स्थानिय बिकास अधिकारी रमेश गौतम , कृषि बिकास कार्यलयदाङका श्रीधर ज्ञवालीसहितको टोली खेतमा राखिएको ब्याडको बिउ उखेल्न तिर गए । करिब आधा घण्टा ब्याड बाट बिउ उखेल । केही समय पछि क्रमशः काफ्ले , गौतम , ज्ञवालीले पालै पालो गोरु पनि चलाउन थाले । अर्को तर्फ धान रोपिरहेको समुहले हिलो एक आर्कालाई छ्याप्दै रमाईलो गरिरहेका थिए । भने अर्को समुहले खेतमा उफर बजाएर नाच्दै रमाईलो गरिरहेको थियो ।
यसरी बुधबार परेको १३ औं धान दिबस दाङको तुलसीपुर ६ उत्तर कपडादेबीमा मनाईयो । कपडाादीमा धान दिबस मनाउदा त्यहाँका बासिन्दा हर्षित भएका थिए । किसानका पिडा लिएर उनीहरुको कार्यालय जाँदा भेट्न पनि धौ भएको मान्ने जिल्लाका उच्च निकायका ब्यक्तित्वहरु किसान संगै धान रोपेको र हिलो छ्याप छ्याप गर्दा त्यहाँका किसानहरु पनि अच्चमित भएका थिए ।
हरेक बर्ष असार १५ मा मनाईने राष्ट्रिय धान दिबस तथा रोपाई महोत्सब यस बर्ष जिल्ला कृषि बिकास कार्यालय दाङको आयोजना , युएसएआईडी किसान परियोजनाको सह आयोजना तथा सुन्दर कृषक समुह तुलसीपुर ६ कपडादेबीको ब्यबस्थापनमा यहाँ धान दिबस मनाईएको हो । यस बर्षको धान दिबको नारा व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार तय गरिएको थियो ।
दिबसको अबसरमा बुधबार कपडादेवीमै एक कार्यक्रमको आयोजना पनि गरिएको थियो । स्थानिय बिकास अधिकारी रमेश गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताले दाङमा धानमा आत्म निर्भर गराई बाहिरी जिल्लामा पर्याप्त मात्रामा निर्यात गर्न सकिने भएपनि पराम्परागत खेतीले गर्दा त्यसरी धान उत्पादन हुन नसकेको बताएका थिए । अब दाङमा छिटै आधुनिक खेती भित्र्याउनु पर्ने बत्ताहरुको जोड थियो ।
कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय दाङका कृषि बिकास अधिकृत श्रीधर ज्ञवाली, नेपाली काग्रेसका प्रतिनिधि पबत्रा धिताल , राष्ट्रिय सहकारी बोर्डका सदस्य शुक्रराज भण्डारीलगायतका बक्ताले बोलेका थिए । यसरी दिवस मनाई रहदा दाङमा अझै ७० प्रतिसत जमिनमा धान रोपाई हुन सकेको छैन् ।