बसन्त परीयार

तुलसीपुर १६ असार । तुलसीपुर नगरस्तरीय दलित समन्वय समिति गठन गरीएको छ । नगरपालीका भित्र रहेका २० वटै वडाबाट आएका ३२ जना प्रतिनिधहरुको उपस्थितीमा १९ सदस्यीय समिति गठन गरीएको हो । समितिको महासचिबमा बसन्त परियार र सचिबमा पदम नेपाली निर्विरोध निर्वाचित रुपमा चयन भएका थिए भने समितिको संयोजक , सह संयोजक र कोषाध्यक्ष पदमा सर्वसहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया बाट चयन गरीएको थियो ।

13553381_1042467605841926_932007299_nजस अनुसार संयोजकमा ३ जनाको उम्मेद्धारी परेकोमा करण परियारले जम्मा खसेको ३२ मत मध्ये २१ मत प्राप्त गरी विजयी भएका छन । त्यसैगरी लक्ष्मण विश्वकर्माले ८ र खेमराज विकले ४ मत प्राप्त गरेका थिए । त्यस्तै सह संयोजकमा मन कुमारी वि.क.ले १८ मत ल्याई विजयी भएकि छिन भने पार्वति विकले १० र अमृता विकले ३ मत ल्याएकि थिईन । त्यस्तै समितिको कोषाध्यक्ष पदमा भएकोे निर्वाचनबाट दिपिका सुनामले १४ मत ल्याई विजयी भएकि छिन ।

जस्मा सारदा सुनारले ११ र दुर्गा नेपालीले ६ मत ल्याएकि थिईन । त्यसैगरी अन्य सदस्यहरुमा खिमे दमाई , गणेश गन्धर्व , देव बहादुर विक , हेमु नेपाली , यमुना परीयार , लाल वहादुर विक , ससिकला विक. , उमेश परियार , विर बहादुर नेपाली , सिमा विक ,धन कुमारी परीयार , सर्मिला परियार , मान बहादुर वि.क रहेका छन । जेष्ठ प्रतिनिधि हिमु नेपालीको अध्यक्षता तथा नगरपालीकाका समाज कल्याण अधिकृत टोप बहादुर डागीको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो । सो अवसरमा भएको निर्वाचन प्रक्रियाको सहजिकरण नगरपालीकाका हेमन्त कुमार योगी ,कार्यक्रम अधिकृत भिम खत्रि र सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।।