इन्द्रेणी संवाददाता
दाङ, २१ जेठ । नेत्र विक्रम चन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको एक दिने शैक्षिक आमहड्तालका कारण आज दाङका शैक्षिक संस्या बन्द रहेका छन् ।
शैक्षिक शुल्क बृद्धिलगायतका विभिन्न शैक्षिक मागहरु राखेर आह्वान गरेको एक दिने शैक्षिक आमहड्तालका कारण आज सोमवार जिल्लाका कुनै पनि स्कूल तथा क्याम्पसहरु सञ्चालनमा आएका छैनन् ।
जिल्लामा शैक्षिक शुल्क बृद्धि फिर्ता, त्रिविलगायत देशै भरिका विद्यालयमा भइरहेको मनपरितन्त्र ढिलासुस्तीको विरोध एवं सामुदायिक विद्यालयमा विभिन्न वाहानामा लिइएको शुल्क, प्राविधिक शिक्षाको नाममा भइरहेको भ्रष्टचार तथा विदेशी पाठ्यपुस्तकमा आधारित अध्ययन गराउने शैक्षिक संस्थाका विरोधमा एक दिने आम शैक्षिकको आह्वान गरिएको अखिल क्रान्तिकारी दाङका सचिव अमर खड्काले जानकारी दिए ।











