इन्द्रेणी संवाददाता
दाङ, २१ जेठ । दाङमा बजारमा छाडा रुपमा रहेका कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । जिल्ला पशु सेवा कार्यालय दाङको व्यवस्थापन र स्थानीय तहको सहकार्यमा घोराही तथा तुलसीपुर बजार क्षेत्रमा रहेका कुकुरहरुको बन्ध्याकरण गर्ने कार्य शुरु गरिएको हो ।
बजार क्षेत्रमा छाडा रुपमा धेरै कुकुरहरु रहेको र यिनले वर्षेनी बच्चा पाउदा संख्या झन बढी झन बढ्दै गएकाले यसको नियन्त्रणका लागि बन्ध्याकरण गर्न शुरु गरिएको सम्बन्धीत निकायहरुले बताएका छन् ।
यसले बजारमा भुस्याहा कुकरहरुको संख्या समेत निउन्त्रणमा आउने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यसवर्ष ५० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको समेत कार्यालयले जनाएको छ ।











