तुलसीपुर, ३ जेठ । तुलसीपुर उपमहानगरपालिकाले लागुऔषध विरुद्ध अभियान चलाउने भएको छ । लागु औषध सेवनका कारणले समाजमा झैझगडा, महिला हिंसा लगायतका अपराध वढेको भन्दै उपहानगरपालिकाले एक महिने अभियान सञ्चालन गर्ने भएको हो ।

drogistयुवासँग सरोकार राख्ने विभिन्न सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले युवाहरुलाई सृजनशिल कार्यमा लगाएर उनीहरुलाई दुव्र्यसनबाट मुक्त राख्नुपर्ने वताए । पाण्डेले समाजमा हुने विभिन्न प्रकारका घटनाहरु न्युनीकरण गर्नका लागि सबैलाई अभियानमा सहभागि हुन आग्रह गरे ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश सापकोटाले लागुऔषध ओसारपसारमा युवाहरुको संलग्नता धेरै देखिएको भन्दै प्रहरीको सक्रियताले पछिल्लो समयमा केही कमि आएको वताए । उनले परिवारको लापरवाहीका साथै साथीहरुको लहलहैमा लागेर पनि लागुऔषध तर्फ युवाहरु लाग्ने भएकाले उनीहरुमा चेतन अभिवृद्धि गर्नुपर्ने वताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र वहादुर केसीले तथ्यांकमा आधारमा कार्यक्रम अगाडि वढाउनुपर्ने सुझाव दिदै लागुऔषधको नकारात्मक प्रभावका वारेमा अभिभावकलाई पनि जानकारी गराउनुपर्ने वताए ।