गोविन्द खड्का
घोराही, १३ असार । पंखा फनफनी घुमिरहेको थियो महशुल तिर्ने काउन्टरमा । आईतवार विहान करीव ११ बजे त्यसको मुनि एउटा पनि व्यक्ती थिएन । त्यहि ठाउ“ हो, केहि दिन अघि पालो कुर्नेहरुको लाईन तयार भैसक्थ्यो नेपाल टेलिकम घोराही मा । एकजना कर्मचारी कुर्सीमा बसेका थिए । तिनको अगाडि ठिंग उभिएकोथियो बडेमानको मेशिन । प्लीक प्लीक् बत्ती दिन्थ्यो । त्यहा केहि अरु मान्छेहरु रुचीका साथ हेरेका थिए । सानो खाप बाट पैसा कोच्थे, अर्कोतिर बाट फ्वात्त बिल खसाल्थ्यो । जम्मा भएको जनाउ“ दिन्थ्यो । फटा फट् काम सकेर बाहिर निश्कन्थ्यो । कार्यालयको तल्लो तलाको सबैको पहु“च पुग्ने बाटो ठाउ“मा । ढोकामा टेक्यो नै पहिलो भेट मेशिन संग हुन्छ । त्यसमा टेलीकमको महशुल तिरीन्छ ।

DSC06906हात घुसारेर झ्याल बाट महशुल बुझाउने चलन नेपाल टेलिकम घोराही शाखाले अन्त गराएको छ । तिर्नुपर्ने महशुलको नोट सोझै हाल्न मिल्ने केशकस (KIOSKS) मेशिन चालुमा ल्याएको हो । अब लाईन कुर्नृपनि पर्दैन । न त कार्यालय खुले बन्द भएको ख्याल गर्न नै जरुरी छ । मुख्य गेट बाट सरासर भित्र गएर आफुले चाहिए जतिको महशुल तिरी सुविधा लिन सकिन्छ ।

ग्राहकले आफुले तिर्नुपर्ने रकम भने ठिक्क पारी लैजानुपर्छ । जति हालेपनि हुन्छ तर फिर्ता गर्दैन । अर्को पटकको लागि जम्मा गरेर खातामै राख्ने गरेको घोराही शाखा प्रमुख शन्तोष शर्माले जानकारी दिनुभयो । मेशिनको स्किृनमा नेपाल टेलिकम लोगो सहित देखाएको हुन्छ । ग्राहकले त्यसमा टच गर्नुपर्छ । मेशिन खुल्छ । मोवाईल प्रिपेड, पोष्टपेयड, ल्याण्डलाईन, एडिएसएल, सिडिएमए लगाएतका सेवाहरु देखाउ“छ । आफुले लिने सेवामा फेरी टच गर्नुपर्छ । अंकहरुको बोर्ड देखाउछ । फोन वा मोवाईलको नम्बर दाब्नुपर्छ । एकपटक जा“च्ने मौका पनि दिन्छ ।
100_3785त्यसपछि हाल्नुपर्ने रकमका नोटहरु बैकको एटिएम छिराए जस्तै छिराउनु पर्छ । ओसिएका, पानी परेका धेरै मैला नोटहरु भने फिर्ता गरीदिन्छ । जम्मा हुदैन । बैंकमा पैसा निकाल्दा जस्तैको विल बाहिर फाल्छ । वाईम्याक्स बाहेकका नेपाल टेलिकमका सबै महशुलहरु मेशिन बाटै तिर्ने व्यवस्था गरेको टेलिकमले जानकारी दिएको छ । आईतवार विहानै देखि ग्राहकहरुले रहर मानेरै पैसा तिर्दै थिए । केहिले सिक्ने भन्दै आफु संगको पैसा पटक पटक महशुल तिरीरहेका देखिन्थे ।

बजारमा यसलाई आलोचना पनि गर्न थालिएको छ । व्यस्त ठाउ“मा राख्नुपर्ने मेशिन टेलिकमको कार्यालय भित्र भयो, नया“ नोट चाहिने, ईन्टरनेटको सुविधामा समस्या आए नचल्ने कमजोरी औल्याएका छन् । तर नया प्रविधि भित्रीनु स्वागत योग्य काम भनेर अधिकांशको टिप्पनी छ । सजिलो, मान्छेहरुलाई प्रविधितिर लगाउने र टेलिकमको प्राविधिक जनशक्ति घटाउने उपाए हो । यसले नेपाल टेलिकमलाई व्ययभार बाट थोरतिनो भएपनि जोगाउने काम गर्छ ।

100_3790यसले नेपाल टेलिकमका विलिङमा रहेका कर्मचारीलाई फुर्सदिलो बनाएको छ । उनिहरु उतै गएर हाल्नुस भनेर फिर्ता गर्छन् । नया प्रविधि थाह नपाएकाहरु पुरानै ठाउमा लाईन बस्न जाने क्रम चलेकै छ । झ्याल बाट घुरेरे भित्रका कर्मचारीलाई सोध्छन लाईन लागेर पैसा तिर्नुपर्ने चलन सकिएको छ । उनिहरु फर्किएर मेशिन भएको तिरै जान्छन् । न त कर्मचारी आएका छैनन वा अब विदा भयो भनेर नै ग्राहक फिर्र्किनुपर्ने अबस्था छ । ‘सुरक्षाको अबस्था हेरेर सबै जसो समय खुला राख्छौ’ प्रमुख शन्तोष शर्माले भन्नुभयो, ‘शनिवार र विदाको समय खुला रहन्छ ।’ रातीको समय भने सुरक्षाको अबस्थालाई ख्याल गरेर चलाईने शर्माले बताउनुभयो ।

अब ढिला भयो, अफिस बन्द भयो भनेर कसैलै पिरोलीनु परीन । न त कोतारीने डरले रिचार्ज कार्डहरु नै किन्नुपर्छ । रिचार्ज कार्डले सतायो भनेपनि खुरुक्क कार्यालयमा गएर पैसा हाल्न सकिने भएको छ । समयको बचत, सजिलो, झञ्जट मुक्त भएको प्रमुश शर्माले जानकारी दिनुभयो । अनपढहरुका लागि भने चुनौति छ । पुर्ण साक्षार जिल्ला घोषणा पछि बाकि रहेका औठा छापले सुविधा लिन सहयोगी खोज्नुपर्छ । त्यस संगै पढ्नै पर्ने वाद्यता टेलिकमले सिर्जना गरेको छ । नया“ प्रविधि भित्रयाएर सेवामा आकर्षण थप्न नेपाल टेलिम घोराही सफल भएको छ ।