जनक नेपाली
दाङ । घोराही २ पनौराका सूनिल विश्वकर्मा र उहाको श्रीमति सिता जि.सी घरमा पुग्दा निकै खुशी देखिनु हुन्थ्यो । घरमा कुनै नयाँ मान्छे पुग्दा होस् या आफन्तनै जादाँ सितालाई पाहुँनाको स्वागत गर्न भ्याई नभ्याई हुन्थ्यो । गाउँमा भैलो खेल्दा खेल्दै चिनजान भएको यो जोडी अहिले विवाह गरेर दाम्पत्य जीवनको सुरुवात गरेको छ । सिता सगं मेरो पहिले नै सामान्य चिनजाज थियो तर उनि संग कहिल्यै बोलिन आफु भन्दा ठुला जातका मान्छे संग बोल्नु हुदैन भन्ने बावु बाजे सिकाएको कारण म चुपचाप बस्थ्ये सुनीलले भन्नुभयो ।

20160625_154559विस्तारै सिता संग सम्बन्ध बढ्दै गयो र माया प्रेम बसेपछि छुट्टिनै नसक्ने भएपछि २०६९ मा भागेर विवाह गर्ने निधो ग¥र्याै । दुबै जना भागेर दाङबाट देउखुरी बाजेका घरमा पुग्यौ ५÷७ दिन बाजेका घरमा बसेपछि फेरी घरमा फर्किएर आयौ । घरमा आमा बा ले चर्चमा गएर विवाह सम्पन्न गरिनुभयो । विवाह भएको चारदिन नपुग्दै सिताको दिदी र फुबु घरमा आउँनुभयो दलित संग किन विवाह गरेको भन्दै कुटपिठ गर्दे लतारेर माईत खोसेर लगेको सिताले भन्नुभयो ।

सुनिल संग छुट्टिने मन नहुदा नहुदै पनि बाध्यताले छुट्टिएर बस्नु प¥यो सिताले भन्नुभयो । मलाई घरमा लगेर आमा,बाले दलित संग विवाह गरेको भन्दै हात्तखुट्टा बाधेर राख्नुभयो ।दुवैजनाका आफन्त प्रहरीमा पुगेर आ आफ्नो छोरा छोरीको प्रहरीले जिम्मा लगाए पछि हामी छुट्टिए बस्यौ । बिस्तारै हाम्रो सबै सम्बन्ध नै टुट्यो सिताले भन्नुभयो । दैवको लिला हो या भाग्यको खेल पाँचबर्ष पछि सुनिल र सिता फेरी भेट भएको छ । फेरी पनि सिताले सुनिल संगै दोश्रो पटक विवाह गर्नुभएको छ ।

कक्षा १२ को परिक्षा दिएर बसेका दुबै जनाले २०७३ असार १ गते भागेर दोश्रो पटक नयाँ वैवाहिक जीवन सुरुवात गरेका छन । सिताको वहिनीको फेसबुक बाट कुराकानी गरेर उनिहरुले विवाह गरेका हुन । दुबै जनाले असार ११ गते सामाजिक परम्परा अनुसार घोराहीको अम्बेकेश्वरी मन्दिरमा पुगेर विवाह गरि दिएको उनका वुवा गणेशबहादुर विश्वकर्माले बताउँनुभयो ।

सबै भन्दा छोरा वुहारीको प्रेम नै ठुलो हो उहाँले भन्नुभयो । अहिले माईतीपक्षमा बाट कुनै त्यस्तो तनाव दिनुभएको छैन विश्वकर्माले भन्नुभयो । दुबै जना मिलेर बसेका छन् त्यसमा छोरा बुहारी र वुढा बुढी खुशी छौ उहाँले भन्नुभयो । जातिय विभेदकै कारण छोराको विवाह सफल नसकेको विश्वकर्माले बताउँनुभयो । समाजमा जातिय विभेद चरम रुपमा देखा परेको भन्दै त्यसको अन्त्य गर्नका लागि सम्पुर्ण दलित एक हुन आबश्यकता रहेको उल्लेख गर्नुभयो । सुनिलको आमा जिल्ला भुमि अधिकार मञ्च दाङको अध्यक्ष समेत हनु हुन्छ ।