कृष्णदेव थापा मगर

कुरा हो स.न. २००२ (वि स २०५९) तिरको, जब म कक्षा ८ मा पढ्थे । आफ्नो घरको छानोमा राखिएको एन्टिना हल्लाउदै क्रिकेटका विभिन्न खेलहरु खुव चाख लगाएर हेर्ने गर्थे । मेरो वाल्यकालमा भारतमा वितेकाले त्याहाँ क्रिकेट खेल हेर्दा हेर्दा त्यस प्रति मेरो एक प्रकारको लत नै बसेको थियो । अझ भनौ विश्व कप क्रिकेट २००३ बाट म मा यस खेल प्रतिको मोह झनै जागेको थियो ।

मैले बाबालाई भनेर एउटा काम चलाऊ क्रिकेट ब्याट बनाउन लगाएको थिए र हरेक दिन साझ आफै घरको भितामा बल फाली आफै ब्याट चलाऊन सिकेको थिए ।  मेरो गाउँमा प्राय साथीहरु क्रिकेटबाट टाढा भएकोले म हरेक दिन साझ घरको भित्तामा आफै एक इन्निङ एउटा देश भएर खेल्थे अनी आफै अर्को देश भएर त्यो रन चेस गर्दथे । अनि मेरो र मेरो बिचमा कडा प्रतिस्पर्धा हुन्थ्यो र म स्वयम् जित्थे अनि हार्थे पनि ।

वि स २०६२ को एस.एल.सी पछि उच्च शिक्षाको लागि प.प. उ. न.मा. वि. मा भर्ना भए । एक दिनको कुरा हो कलेजको मैदानमा केही साथीहरु क्रिकेट खेल्दै थिए र मैले पनि इच्छा व्यक्त गरेकोले केही समय ब्याट चलाएको थिए र त्यो त्यहि दिन हो जब मैले मेरो आत्मिय मित्र बिरेन्द्र गिरी लाई भेटेको थिए ।

अघिको दिनमा उनीले नै मलाई क्रिकेट सिकाएका थिए र मैले क्रिकेट खेल्न सुरु गरेको थिए । हुन त म मेरो जीवनमा राम्रो खेलाडी बन्न सकेन । मेरो खेल जीवन केही स्थानिय टुर्नामेन्ट मा नै सिमित रहयो र सिकाइको क्रममा नै खेल जीवनको अन्त्य भएको थाहा नै भएन । तर पनि आज सम्म क्रिकेटको किरा म मा भरिएको छ र म क्रिकेटमा नै रमाउने गर्दछु ।

पछिल्लो समय म क्रिकेटमा सिद्दहस्त खेलाडी नभएपनि क्रिकेट पारखी त अवश्य हुँ नै । यसै सन्दर्भमा म जस्तै सारा क्रिकेट पारखी मनहरुको यतिबेला प्रतिक्षाको बाध सायद हिजो तोडियो जब हाम्रा देशको सान क्रिकेट खेलाडी सन्दिप लमिछाने इण्डियाको क्रिकेट क्लव DD बाट क्रिकेट खेल्नको लागी मैदानमा उत्रिएका थिए ।

त्यो आन्तरास्ट्रिय मैदान “फिरोसा कोट्ला”, हजारौं दर्शक र विश्वका सर्वश्रेष्ठ खेलाडी ए. बि डिबिलिएर्स र बिराट कोहली सामु सन्दिप लामीछाने टि. भि स्क्रिनमा देखा पर्दा म आफै एक पल आँखा बन्द गरे, आफुलाई उक्त स्थानमा कल्पना गरे अनि आफ्नो जीवनको एक अधुरो सपना पुरा भएको अनुभुती गरे ।

ओठ निचोर्दा दुध आउला जस्तो कलिलो अवस्थामा अन्तराष्ट्रिय खेलाडीको सामु तिमीले आफ्नो खेल कौसलता देखाउदा म जस्ता हजारौं नेपाली क्रिकेट पारखीहरुको छाती चौडा भएको छ ।

सगरमाथा चुचुरोबाट बगेको निश्चल पानी खाएका हामी नेपाली सबैको सान बनेका तिमि संधै खेलमा सफल हुनु स्यावास  सन्दिपभाई हाम्रो देशको गौरव बन म र म जस्ता सारा नेपालीको सपनाको आधार बन आगामी दिनमा तिम्रो खेल जीवन सफल रहोस र आउने पिढिको लागि तिमी सबैको प्रेरणाको स्रोत बन करोडौं शुभकामना ।