दाङ,२९ बैशाख । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ को वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।
वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भवनको शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताए ।
नगरपालिकाको भ्याट बाहेक ५७ लाखको लागतमा भवन निर्माण हुन थालेको हो । भवन निर्माणको जिम्मा जयमा स्वर्गद्धारी निर्माण सेवाले पाएको छ । तीन कोठा,ए क हल, शौचालय तथा पर्खाल सहितको भवनको निर्माण कार्य आगामी असोजसम्म सम्पन्न हुने निर्माणका कम्पनीका बसन्त कुवरले जानकारी दिए ।











