इन्द्रेणी संवाददाता
काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमण आउदैछन् । मोदी आज जनकपुर आउँदै छन् । दुई दिने नेपाल भ्रमणका लागि मोदी भारतीय सेनाको हेलिकप्टरबाट आज बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम रहेको छ ।
जनकपुरमा उनले जानकी मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उनलाई अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्दै छन् ।











