दिवाकर पोख्रेल
दाङ, २७ बैशाख । समयमै बजेट निकासा नहुँदा राप्ती नदीको तटबन्ध निर्माण कार्य समस्या परेको छ । जनताको तटबन्ध कार्यक्रम अन्र्तगत राप्ती नदिको तटबन्ध योजना यो आर्थिक बर्षको अन्त्यमा सम्पन्न हुन नसक्ने निर्माणको जिम्मा लिएका ठेगदारहरुलेनै बताउन थालेका छन् ।

janatako tatbadaजनताको तटबन्ध कार्यक्रम अन्र्तगत राप्ती नदिको माथिल्लो भाग रनसिङदेखि वेलाको कालिपुरुवासम्मको १४ वटा योजना मध्ये धेरै योजनामा प्रतिकुल प्रभाव परेको हो । फिल्डमा कार्य प्रगतिको तुलना वित्तीय प्रगति नहँुदा तटबन्धको कार्यक्रममा समस्या आएको हो । निर्माण कम्पनीले सरकारले बजेट निकासा नगरिरहेको अवस्थामा पनि काम नरोकि गरिराखेको बताउँर्दै आएकाकाछन् ।

राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर ६ लमहीको निगरानी गर्ने १४ वटा योजनाको काम भइरहेको छ । जस अनुसार गत सालको योजनाकै निरन्तरता दिदै ५७ करोड ७७ लाख ५८ हजार सात सय ५२ मा वाइवा कन्टूक्सन प्रालिले ठेक्का पाएको थियो । उक्त योजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । यसैगरी बेला कालिपुरवा २ सय १० मिटर बाँध र चारवटा स्पर बनाउनका लागि एक करोड ९१लाख ७९ हजार र सोही ठाउँमा १५ सय ६६ मिटर बाँध र ३६ वटा स्परका लागि १४ करोड ६५ लाख ५१ हजारमा ठेक्का भएको थियो ।

साविक गंगापरस्पुरको तकियापुरमा ६ करोड ७२ लाख २ हजार १९ मा सोहि स्थानमा पाँच करोड ३० लाख ९६ हजार २ सय २० को ठेक्का असार मसान्तमा सक्नुपर्ने सम्झौता भएको थियो । त्यसैगरी वड्हरा सोहि ठाउँमा छ करोड ७० लाख २५ हजार १ सय २९, लमही बलरामपुरमा १४ करोड ९१ लाख सात हजार ७८, बोधीपुर कान्छी गाउँमा ११ करोड ३८ लाख ६७ हजार नौ सय ३८मा ठेक्का भएको छ । चिसापानी गोवरढियामा ४ करोड ३२ लाख ५० हजार चार ३३, जुरेनीमा २ करोड ७९ लाख ६२ हजार २ सय २९ रुपैयाँमा जुरेनीमै एक करोड ३७ लाख४५ हजार, बनबारीमा २ करोड १८ लाख आठ हजार रुपैयाँ गोवढियामै २ करोड ९८ लाख ९ हजार गरी प्रत्येक योजनाको छुट्टा छुटट्ै ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार धेरै योजनाहरु आगामी असार मसान्तसम्म र केही योजनाहरु कात्तिक मसान्तसम्म सक्ने सम्झौता रहेको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर ६ का इन्जिनियर मोहमद् जफिर आलमले जानकारी दिए । राप्ती नदीको बाँध तथा स्पर बनाउनका लागि दाङमा ९१ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको ठेक्का सम्झौता भएपनि हालसम्म ठेकेदारलाई १९ प्रतिशत मात्रै भुक्तानी गरिएको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर विनोदकुमार चाँपागाईले जानकारी दिए ।

निर्माण कम्पनीको तर्फबाट निर्माण कार्यमा ढिलाई नभएको भन्दै प्रमुख चापागाईले समयमै बजेटको निकासा नहुँदा योजना समयमै सक्न समस्या भएको बताउनु भयो । आफूले मन्त्रालय र विभागमा रकम माग सहितको फाइल पठाएको भन्दै रकम निकासा नहुँदा निर्माण कम्पनीलाई दबाव दिन नसकिएको चापागाईले बताए । जनउभारबाट