तुलसीपुर, २४ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीका मृगौला पीडित श्रीराम चौधरीको उपचारका लागि बिदेशबाट समेत सहयोग संकलन भएको छ ।
प्रकाश घिमेरेको पहलमा कोरियाबाट ५४ हजार ६ सय दुई रुपैयाँ आर्थिक सहयोग संकलन भएको हो । उक्त रकम सोमबार नेपाल पठाइएको छ । यस्तै नेपाल संस्कृत बिश्वबिद्यालय आयोर्वेद केन्द्रीय क्याम्पस बिजौरीका बिद्यार्थीले खाजा खर्च कटाएर १२ सय रुपैयाँ मृगौला पीडितलाई सहयोग गरेका छन् ।
असहाय बाल विकास नेपाल बिजौरी दाङका अध्यक्ष बिष्णु चौधरीको पहलमा श्रीराम चौधरीको उपचारका लागि सहयोग संकलन जारी राखिएको छ । अहिले सम्म जम्मा ८३ हजार ८ सय १२ रुपैयाँ आर्थिक संकलन भएको अध्यक्ष चौधरीले बताए ।
आर्थिक अभाबकै कारण उपचार रोकिएपछि सहयोग संकलन गर्न थालिएको हो । पैसा कमाउन भनी २ बर्ष अघि साउदी गएका चौधरीको दुईवटै मृगौलाले काम गर्न छोडेपछि घर फर्किएका थिए । अहिले घर परिवारलाई बिदेश जान लागेको ऋणसंगै उनको उपचारमा लागेको रकम तिर्न धौधौ परेको उनकी श्रीमती गीता चौधरीले बताइन् ।
उनको उपचारमा सहयोगका लागि लागि श्री असहाय बाल विकास नेपाल दाङको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नं. ४१६०००३६७९०१ मा आर्थिक सहयोग गर्न सकिने छ । साथै संस्थाका कोषाध्यक्ष सीमा वलीको फोन नंबर ९८०९५८८५७१ सकिने छ । आर्थिक अभाबमा मृगौला पीडित श्रीराम चौधरीको उपचार अगाडि बढ्न नसकेको भन्दै सहयोग संकलन अभियान थालेको अध्यक्ष बिष्णु चौधरीले बताए ।











