काठमाडौं, २४ बैशाख। प्रहरी अनुसन्धानबाट हिन्दु धर्मगुरु आचार्य श्रीनिवास आफैले गोली हान्न लगाएको खुलासा भएको छ ।
सोमबार अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको भेटिएपछि आचार्यलाई प्रहरीले पक्राउ गरिएको छ । उनलार्इ मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
गोली प्रहारमा संलग्न भएको अभियोगमा पक्राउ परेका दुई जनाले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका थिए । आचार्यमाथि २५ चैतमा गोली प्रहार भएको थियो । विरानगरको जतुवामा गोली प्रहार भएको थियो ।
तीन राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली श्रीनिवासको छातीमा लागेको थियो । जतुवामा श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको थियो ।











