तुलसिपुर, २४ बैशाख । नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनमा प्रमुख तथा उप–प्रमखहरुको लागि एक दिने गोष्ठि तुलसीपुरमा भएको छ । लघुवित्त कार्यक्रमले आर्थिक विकाससंगै सामाजिक सहिष्णुता कायम गरेको हुदा कार्यक्रमको अझ महत्व भएको सहभागिहरुले वताएका छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र तुलसिपुर ७ नम्वर समुहका प्रमुख शुसिला बुढाथोकीको अध्यक्षतामा आईतबार तुलसीपुरमा कार्यक्रम भएको हो ।
केन्द्रका सहनिर्देशक शारदा शर्मा, योजना तथा सुपरिभिजन प्रमुख मेनुका गिरी, ईलाका प्रवन्धक ऋषि राज पाण्डे, उद्यम अधिकृत निशित अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । वरिष्ठ फिल्ड सहायक ईन्दिरा खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको गोष्ठीमा रामकलि पुन, अमृता विक, खिमा पोख्रेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
गोष्ठीमा प्रथम हुने समूह नम्वर १०६, दुतिय हुने २९, तृतिय हुने २२ र सान्तोना हुने ९६ नम्वर समुहलाई पुरष्कृत गरिएको थियो । त्यसैगरि उत्कृष्ट व्यवसायी अमृता शिरीष, दुर्पदा बुढा,दुर्गा रावत र उत्कृष्ट कर्मचारी पुष्पा रजौरेलाइ पनि पुरस्कृत गरिएको थियो । सेवा केन्द्रका विपना घिमिरेले सहजीकण गरेको गाष्ठीमा जिज्ञासा माथि शारदा सर्माले प्रकाश पारेकी थिईन् ।











