काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी भएका छन् । शनिबार भएको चुनावबाट उनले प्रतिस्पर्धी मणी कुँवरलाई ५१ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
कर्मा समुहले अध्यक्ष सहित ४ उपाध्यक्ष र १२ जनै केन्द्रिय सदस्य जितेको छ । यो नतिजासंगै नेपाली फुटवलमा गणेश थापा युगको अन्त्य भएको बताइएको छ । शेर्पा लामो समयदेखि एन्फा शुद्धिकरणको अभियान चलाइरहेका एन्फाकै पुर्व पदाधिकारी हुन् ।











