इन्द्रेणी संवाददाता
दाङ, १४ असार
जिल्ला प्रहरी कार्यालय दाङले जिल्लास्थित २१ वटा मेनपावर कम्पनीका सन्चालक र तिनका कागजातहरु नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।dpoअनुमति नभएका विभिन्न देशमा समेत अवैध तवरले वैदेशिक रोजगारीमा पठाँउदै आएको भन्ने उजुरीका आधारमा ति मेनपावरका सन्चालक र कागजात नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
प्रहरीले गौरीशंकर ओभरसिज प्रा.लि. घोराही, लक्की एचआर सोलुसन घोराही, जुपिटर ओभरसिज प्रा.लि.घोराही, लाईफलाईन ओभरिसज प्रा.लि.घोराही, जवट्रयाक ओभरसिज प्रा.लि.घोराही, मोन्टेज ओभरसिज प्रा.लि. घोराहीका सन्चालक र कागजात नियन्त्रणमा  लिएको जनाएको छ ।

यसैगरी शेर्पा ईन्टरनेश्नल प्रा.लि.घोराही, रिभाईभ नेपाल प्रा.लि.घोराही, मोभेरा एचआर सर्भिस प्रा.लि.घोराही,द रिभर ओभरसिज प्रा.लि. घोराही, एसओएस प्रा.लि.घोराही, लालधनुष ईन्टरनेश्नल प्रा.लि.घोराही, ग्लोवल ईन्टरनेश्नल रिकुटमेन्ट प्रा.लि.तुल्सीपुरका सन्चालक र कागजात प्रहरी नियन्त्रणमा छन ।

यस्तै, शेर्पा ईन्टरनेश्नल कन्सल्टेन्सी प्रा.लि.तुल्सीपुर, दि आरएस ओभरसिज प्रा.लि.तुल्सीपुर, कान्तिपुर मेनपावर सर्भिस प्रा.लि.तुल्सीपुर, मदरल्याण्ड ओभरसिज प्रा.लि.तुल्सीपुर, जव प्रेशमेन्ट सर्भिस प्रा.लि.तुल्सीपुर, गोल्डेन ईगल मेनपावर लमही, जेनेटिक मेनपावर लमही, र लालधनुष मेनपावर लालमटिया भालुवाङका सन्चालक र कागजात निन्त्रणमा लिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।।