तुलसीपुर १४ असार । ईलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी भएका २८ थान हिलट्याङ्की नियणत्रण्मा लिएको छ । तुलसीपुरबाट हिलट्याङ्की हराएको भन्ने गुनासो आएपछि प्रहरीले अनुसन्धान गरी २८ थान ट्याङ्की नियणत्रणमा लिएको जनाएको छ । ती ट्याङकीलाई तुलसीपुरको नयाँ बस्तिबाट नियणत्रणमा लिईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्णा प्रसाईले जानकारी दिनुभयो ।
अहिले सम्म ड्रम चोर्ने दुईजनालाई पक्राउ गरेपनि सबैलाई प्रहरीले मंगलबार साँझ ५ बजे सम्म पनि फेला पारेको छैन् । पक्राउ परेका दुईजनाबाट थप अनुसन्धान भईरहेको छ भने बाँकी अरुको खोजी कार्य भईरहेको डिएसपी प्रसाईले जानकारी दिनुभयो ।
बिशेष सुचनाका आधारमा प्रहरीले हिलट्याङ्की फेला परेको जनाएको छ । चोरले हिलट्याङ्की चोरेर सस्तो मुल्यमा बेचेकाले त्यही बस्तीका केही घरहरुबाछ फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । असन्धान गर्दै जादा चोरको नजिक पुगेकाले घटना बारे छिट्टै सार्वजनिक गरीने प्रहरीको भनाई छ ।।
