इन्द्रेणी संवाददाता
दाङ, १४ असार
दाङ प्रहरीले बिभिन्न मितिमा कैद सजाय पाएका तर फरार रहेका ३ अभियुक्तहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी अदालतमा वुझाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतबाट कैदको फैसला पाएका तर अहिलेसम्म फरार रहेका ति कैदीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट परिचालित बिशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेको ति अभियुक्तहरुलाइ दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरज प्रताप सिहंले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा घोनपा १० मिलनचोक बस्ने सुदन रोका मगर, धर्ना गा.वि.स.वडा नं.७ बस्ने लिला बहादुर खत्री र घोनपा १० बस्ने सुनिल गुरुङ रहेका छन ।।
