तुलसीपुर १४ असार । सांसद कमला विश्वकर्माले समानुपातिक संसद विकास कोष कार्यक्रम दाङका विभिन्न स्थानमा सन्चालन गरेको बताउनु भएको छ । नेकपा माले गुल्मीबाट समानुपातिक तर्फबाट सांसद भएपनि आफनो संसद विकास कोष कार्यक्रम दाङमै सञ्चालन गरेको बताउनु भयो ।

13535719_568366766684588_716476874_nउहाले दाङका बिभिन्न स्थानमा केही समय अघि देखी सञ्चालन भएका कार्यक्रम तथा योजना अनुगमण गरेको बताउनुभयो । उहाँले धेरै जसो बिकासे योजनाहरु सञ्चालनमा ल्याएको बताउनुभएको छ । जस मध्य ५ लाखको लगानिमा हापुरमा डवरी कुलो निर्माण , ६५ हजारको लागतमा तुलसीपुर ४ नयाँवस्तीमा पानीट्याङ्की निर्माण सम्पन्न भईसकेको जानकारी दिनुभयो ।

त्यस्तैगरी पचास हजारको लगानिमा तुलसीपुर १९ मा मन्दिर प्रतिक्षालय निर्माण ,नयाँ बाटो विस्तार र ग्राभेलमा दुई लाख ,गोल्टाकुरीमा कुवा निर्माणका लागी एक लाख, जनकल्याण प्रावि सौडियारमा एक लाख पच्चिस हजार, देउखुरी ७ विजुलीपुरका ६० घरधुरीलाई खानेपानी पाईप विस्तार,त्रिपुर ४ सौडिकुलो स्थित सुकमवासी वस्तीमा ९० हजार, १२० जना कृषकहरुलाई कृषि सम्वन्धि विभिन्न विउविजन वितरण लगाएतको योजना रहेको सांसद विश्वकर्माले बताउनु भएको छ ।

साथै उक्त योजना मध्य कतिपय सम्पन्न भईसकेको र कतिपयको काम सञ्चालन भईरहेका छन् । समानुपातिक तर्फको वजेट कार्यक्रम आफुले ईच्छाएको जिल्लामा सन्चालन गर्न सकिने भन्दै आफु गुल्मीको भएपनि दाङमा नै उक्त कार्यक्रम सन्चालन गरेको सांसद विश्वकर्माको भनाई छ ।