हर्क घर्ती मगर
रोल्पा, १४ असार
रोल्पाको पाङ गाबिसलाई १९ औं पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको छ । १ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई दिइने सम्पुर्ण खोप दिएपछि जिल्लाको १९ औ गाविसको रुपमा पाङलाइ पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो ।
सदरमुकाम देखि २२ कोष टाढा रहेको पाङ गाबिसमा रहेका सम्पुर्ण बालबालिहरुलाई खोप उपलव्ध गराइएको पाङ स्वाथ्य चौकी इन्चार्ज दामोदर सुवेदीले जानकारी दिनुभयो ।
करिब ५ सय ७४ घर धुरी संख्या रहेको पाङ गाबिसमा खोपबाट कुनै पनि बालबालिका नछुटेको सुवेदीले जानकारी दिनुभयो ।
अहेब जहावरलाल मुखियाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संघिय समाज बादि फोरमका जिल्ला सदस्य डोर बहादुर पुन, राप्रपाका नर बहादुर खत्री, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य हिरा बहादुर पुन, नेकपा एमालेका खल्जीत बि.क, नेपाली कांग्रेसका लेखमणि डाँगी, नेपाल पत्रकार महासंघका हर्क घर्तीमगर, जिल्ला कार्यालयका खोप सुपर भाइजर कमल महत्तरा लगाएतले बोल्नु भएको थियो ।
रोल्पालाइ पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने जिल्लाको लक्ष अनुसार यति वेला जिल्लाका विभिन्न गाबिसहरु धमाधम पूर्ण युक्त गाबिस घोषणा भइरहेका छन् । यसै क्रममा आज पूर्वी रोल्पाको पाङलाइ पुर्ण युक्त गाबिस घोषणा गरिएको हो ।।