सपना कवर
असार १३, सल्यान । दुवै मृगौला पिडित सल्यानका हेमराज बुढाथोकीलाई आज १ लाख १४ हजार ८३ रुपैयाँ प्रदान गरिएको छ । सल्यान दृष्टिकोण नामक फेसबुक पेजमा सबैलाई सहयोगको लागि अनुरोध गरेपछि विभिन्न व्यक्तिबाट उठेको रकम शारदा नगरपालिका १२ स्यानिखालका बुढाथोकीलाई एक कार्यक्रमका विच प्रदान गरिएको हो ।
सल्यानका युवाहरुले किशोर अवस्था देखि केहि गर्ने सोचका साथ संचालनमा ल्याएको सल्यान दृष्टिकोण टिमले फेसबुक मार्फत देश तथा विदेशमा रहनेलाई सहयोगका लागि अपिल गरेको थियो । सल्यान उद्योग वाणिज्यसंघको हलमा भएको सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले यस्ता सहयोगले विरामीमा वाँच्न आशा पलाउने र अझ आयु बढ्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सल्यानका कार्यवहाक अध्यक्ष सनत कुमार शर्माले स्वास्थ्य सुधारका लागि यसरी सामाजिक संजालबाट सहयोग गर्ने सल्यान दृष्टिकोणले समाजमा राम्रो काम गरेको बताएका छन । आफुले कमाएको केहि रकमबाट समाजका असहाय, असक्तलाई सहयोग गर्न सके समाजका लागि ति मान्छेले केहि गर्न सक्छन र समाज निर्माणमा उनिहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्छन भन्दै त्यो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए । त्यस्तै नेकपा मालेका सचिव बल बहादुर गिरीले सहयोगी हातहरुलाई एकिकृत गर्ने सल्यान दृष्टिकोणलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी अध्यक्ष तथा सहयोग अभियानका अभियान्ता विमला बुढाथोकीले खान पुगोस दिन पुगोस भन्ने हेतुले संचालन गरेको अभियानमा आफुले पनि साथ दिएको र युवाहरु बरालिने उमेरमा सोचेको श्रृजनशिल कामले समाजमा राम्रो प्रभाव पारेको भन्दै सह्रना गरेकि थिइन ।
कार्यक्रममा बोल्दै सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले सल्यान दृष्टिकोणले नयाँ काम गरेको छ । सबैको आत्म सल्यान दृष्टिकोण संग जोडिएको छ । सबैले सहयोग गर्नुपर्ने हुन्छ । सल्यान दृष्टिकोणपनि सम्बन्ध जोडिनेछ ।
नेविसंघका प्रकाश भण्डारीले ध्रुवराज वलीले मानवताको उदाहरण दिएका छन । एकअर्काका परिपुरक छन । हाम्रो सहयोग ले हेमराजको ज्यान बाँचे उहाँले पनि समाजका लागि केहि गर्नुहुनेछ । समाज निर्माण गर्नेहो भने सबै जना एक भएर लाग्नुपर्ने बताउदै उनले यस्ता सामाजिक अभियानमा साथ दिने बताएका छन ।
सहयोग वितरण कार्यक्रममा नै हाल भारतको बैग्लोरमा रहेका ध्रुवराज वली सामाजिक संजाल मार्फत सम्बोधन गर्दै आफ्नो अभियानमा साथ दिनेलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागि तथा सहयोगीहरुलाई अर्का अभियान्ता दिपक बोहराले धन्यवाद दिदै स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी योगराज विश्वकर्माले गरेका थिए ।
दुवै मृगौला पिडित हेमराजले आफुलाई बाँच्ने केहि आशा पलाएको र अव उपचारको लागि केहि दिनमा काठमान्डौमा जाने बताउदै सबै सहयोगी र सहयोग गर्न आब्हान गर्ने सल्यान दृष्टिकोणलाई धन्यवाद दिएका थिए ।