रेखा मगर
दाङ, १४ असार
दाङ धनौरी गाविस ३ धनौरागाँउका लक्ष्मीनारायण रामानुज दासले मुर्ति वनाउन थालेको ५० वर्ष वितसिकेको छ । कक्षा १ मा पढ्दा खेरी कागज र माटोको मुर्ति वनाउन सिक्नु भएका दासले अहिले ६१ वर्ष पुग्दा सम्म त्यहि पेशाालाइ निरन्तरता दिनुभएको छ । iiiiiiiiiiii

उहाँले कागजमा कोर्ने, चित्र वनाउने र माटोको मुर्ति वनाउनेदेखि लिएर पत्थरको मुर्ति वनाउने सम्म आफुलाइ सक्षम वनाएको अनुभव सुनाउनुहुन्छ । आफुलाइ भगवानको भक्ति भन्न रुचाउहुनुहन्छ उहाँ । मुर्ति वनाउन मात्रै सीमित नरहनुभएका दास उहाँका वाउवाजेले वनाएको झण्डै ३ सय वर्ष पुरानो शिव मन्दिरमा पुजापाठ पनि गर्ने गरेको वताउनुहुन्छ ।

सानैदेखी नै कला र संगीतमा रमाउने दासले हजुरवुवाको अवस्था सम्म तिनै रुची र चाहनालाइ अहिलेसम्म परिवर्तन गर्नुभएको छैन । अहिलेसम्म ४ झण्डै हजार जति पत्थरको मात्रै, १० वटा मान्छेको र अन्य थुप्रै भगवानको मुर्ति वनाएको वताउनुहुन्छ उहाँ । मुर्ति वनाएवाफत उहाँले एक इन्चको १ हजार, १० इन्चको १० हजार, १८ इन्चको १८ हजार र ६० इन्चको ६० हजार रुैपा लिने गरेको वताउनुहुन्छ ।

आफुमा भएको सीप कलालाइ एउटा मुर्तिको रुप दिएर उहाँ पत्थरको मुर्ति वनाउने व्यक्ति दाङमा पहिलो भएको दावि गर्नुहुन्छ । उहाँ लाइ मुर्ति वनाइदिनु भनेर दाङसहित राप्तीका जिल्लावाट अनुरोध समेत आउने गरेको छ । त्यतिमात्रै नभएर अन्य ठाँउवाट पनि मुर्ति वनाउने काम आएको उहाँको भनाइ छ । समान्य मुर्ति  वनाउन १० देखि १२ दिन लाग्छ भने ३० इन्चको मुर्ति वनानउ डेढ महिना लाग्ने गर्दछ ।

मुर्ति वनाएर आफुलाइ कला छ भ नेर गर्व गर्र्ने ठाँउ भएपनि थुपै्र चुनौतहरु पनि छन । चाहेजस्तो प्रचारप्रसार गर्न नसकेको वताउने लक्ष्मी नारयणले आफ्नै लगानीले भनेजस्तो सामग्री किन्न पनि नसकेको वताउनुहुन्छ । आफुले कुदेको मुर्तिले थुप्रै मान्छेलाइ आकर्षित, मनोरम र फाइदा मिलेकोमा खुशी हुने ठाँउ पनि छ उहाँ लाइ । धरै काममा हात हालेर सन्तोष नमिलेको उहाँँलाई जव मुर्ति वनाउने आफुमा कलाको विकास मिल्यो तव एकप्रकारको सन्तुष्ट हुने वातावरण मिलेको छ ।

सीप क्षमता भएकाहरुलाइ राज्य स्तरवाट पनि केहि सहयोग मिल्न सकेमा झन आफुलाइ प्ररणा ल्निे वताउनुअुन्छ उहाँ । हो, आज लक्ष्मीनारायण जस्ता थुपप्रै युवालाइ पलायन हुनवाट रोक्न र उनीहरुलाइ हौसलिा प्रदान गर्न राज्य र सरकोरवाला निकायवाट हौसला र निर्वाहमुखी अवसरको खाँचो छ ।  लक्ष्मनिारायाण्को यो कलालाइ प्र्चारप्रसार गर्न र पछिल्लो पुस्तामा हस्तान्तरण गर्नका लागी सम्वन्धित निकायले ध्यान दिन जरुरी छ ।।