हिमाल शर्मा

असार १४  सल्यानमा २०१६ जनवरीदेखी जुन सम्ममा २६ वटा घटनाको सार्वजानिक गरीएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले आफनो अर्धवाषिक समिक्षा कार्यक्रममा यस्तो जनाकारी गराएको हो । कार्यक्रमको वारेमा प्रकाश पादै इन्सेक प्रतिनिधि मिना वुढाथोकीले यास्तो जानकारी दिनु भयो । उहाँका अनुसार बलात्कार र हत्या , बालिका बलत्कार पछि हत्या,वालिका बलत्कार बलात्कार, वालिका यौन दुव्र्यवाहार, घरनिकाला र महिला हिंशा, कुटपिट, कामगर्न नसकेको भनेर , सन्तान नजन्माउन सकेर, यातना दिएर दाईजो नल्यायको भनेर, दोस्रो विहेगरेर गरी जम्मा २६ वटा घटनाकोविवरण सार्वजानिक गर्नु भएको हो ।

footer_logo_13नेपाल पत्रकार महासघं सल्यानका कार्यवाहाक सभापति सनत कुमार शर्मा को अध्यक्षतामा कायक्रम सम्पन्न भएको हो प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रमलाई संवाधन गदै प्र.जि.अ पौडेले सल्यनाका सवै घटनालाई यसमा नसमेटेकोले आउदा दिनमा यस्ता सवै घटनालाई समेट्न सुझाव दिनु भएको थियो । साथै यसमा कम्लरी प्रथा , वालविवाह का घटनलाई पनि वाहिर ल्याउनु प्रर्ने वताउनु भयो । यस्तै प्रहरी प्रमुख श्याम वहादुर खत्रीले केहिवाकी घटना यसमा नसमेटेको ले आउदा दिनमा यसमा समेट्न आग्रह गर्नु भएको छ । कार्यक्रममा सल्यानका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिभि पत्रकार हरुको सहभागीता रहेको थियो । सहभागीले महिला विकास कार्यालय सल्यानमा दर्ता भएका घट्नालाई पनि इन्सेकले समेटेर वाहिर ल्याउन सुझाव दिएका थिय भने कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासघं सल्यानका सचिव पुरुषोतम गिरीले गर्नु भएको थियो ।