इन्द्रेणी संवाददाता 

दाङ, १३  असार । दाङमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आनुभएकी एक महिलाले आफूले भेटाएको नगद ५० हजार रुपैयाँ फिर्ता गर्नुभएको छ । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद ५० हजार रुपैयाँसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गर्नुभएको हो । हिजो बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आउनुभएकी आचार्यले तुलसीपुरको वीरेन्द्र चोकबाट रजौरा जानका लागि अटोरिक्सा प्रयोग गर्नुभएको थियो ।

13550964_567968026724462_365979739_nचालक श्रेष्ठले आज बिहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बिच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोलामा रहेका सम्पूर्ण सामान फिर्ता गर्नुभएको हो । सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेसाप्रति इमान्दार बन्न आग्रह गर्नुभएको छ । ‘सामान हराउँदाको पीडा आफुले पनि अनुभव गरेकाले , भेटाएँ भन्दैमा कसैको पैसा सित्तैमा खानु पाप भएको उहाले बताउनु भयो । उहाँले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको तर्क गर्नुभयो ।।