दाङ, १३ असार ।  दाङको बेला–८ भैसहवा र कालीपुरवा गाउँमा दादुरा रोग फै लिएको छ । कालीपुरवा र भैसहवा गाउँका बालबालिकाहरुमा दादुरा रोग फैलिएको स्थानिय जमुनाप्रसाद यादवले जानकारी दिए ।

khop-nepalयसै गरी बेला ६ र ७ मा पर्ने खरदरिया गाउँमा पनि यो रोग फैलिएको छ । माई भनेर चिनिने यो रोग लागे पछि निको गराउन माली थरका मानिसलाई बोलाई माईलाई बिन्ती गर्न लगाउने र काली मन्दिर मा धोती र भेटी चढाउने र केहीले जीउ छेड्ने गरेको धार्मिक बिस्वास रहेको त्यहाँका स्थानियले बताएका छन् । त्यहाँका स्थानीयबासीले स्थानियले अहिले त्यसै गरिहेको बताएका छन् ।