नयाँदिल्ली, २४ चैत । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गरेका छन्। राष्ट्रपति भवनमा शनिबार बिहान राष्ट्रपति कोविन्द र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।

kpत्यसअघि राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीको सम्मानमा गार्ड अफ अनरु दिइएको थियो। विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए।