तुलसीपुर,२३ चैत्र । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले प्रदेश सरकारसँग माग गरिएका योजनाहरु मुख्यमन्त्रीलाई वुझाएका छन् ।

ghanashyam copy५ नम्वर प्रदेश प्रमुखको कार्यालय वुटवलमा पुगेर पाण्डेले मुख्यमन्त्री शंकर पोख्रेललाई प्रदेश सरकारसँग माग गरिएको योजना वुझाएको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिए । माग पत्र वुझ्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले तुलसीपुर उपमहानगरको विकासका लागि पहल गर्ने वताए ।

‘अवको विकास भनेको दीर्घकालिन रुपमा हुनुपर्दछ त्यसका लागि प्रशस्त स्पेश हुनुपर्दछ, तपाईहरुले जग्गाको पनि तयारी गर्नुहोस् ’ मुख्यमन्त्री पोख्रेलले माग पत्र वुझ्दै भने । योजनाको मागपत्र वुझाएपछि नगरप्रमुख पाण्डेले प्रदेश स्तरमा प्रस्तुत गरेका योजनाहरुको कार्यान्वयनका लागि मुख्यमन्त्री सकारात्मक भएको वताए ।

उनले तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माण, रेलसेवा सञ्चालनको पूर्वाधार तयारी र वृहत सडक सञ्जालका कुराहरुलाई मागपत्रमा समावेश गरेको वताए । ‘स्थानीय तहको स्रोतबाट पुरा हुन नसक्ने वृहत खालका योजनाहरुलाई माग पत्रमा समावेश गरिएको छ ’ पाण्डेले वताए ।