इन्द्रेणी संवाददाता 

समृद्धिका लागि सँगसँगै भन्ने मुल नाराका साथ सुशासन महाअभियानको घोषना सभा आज राजधानीमा सम्पन्न भएको छ । देशमा बढ्दै गइरहेको गैर कानुनी गतिविधि र त्यसले निर्माण गरेको संस्कारका कारण मुलूक असफल राष्ट्रतर्फ उन्मूख भइरहेको वर्तमान अवस्थालाई गम्भिरताका साथ मनन गरी समाजमा रहेका सबैखाले विभेद र असमानता, स्थापित भ्रष्टाचार र अनियमितताको नियमितता, वैदेशिक हस्तक्षेप, अलोकतान्त्रिक र शान्तिमा खलल पु¥याउने गतिविधिको भण्डाफोर गर्दै सुशासनयुक्त सम्वृद्ध देश निर्माणका लागि महाअभियान गठन गरिएको घोषणा सभाका वक्ताहरुले बताएका छन् ।

13524131_1197433850280383_981040921_oमुलुकमा सुशासन स्थापना हुन नसकेको र दण्डहिनता मौलाउदै गईरहेकाले अब नागरिक समुदाय संगठीत भई दबाबमुलक ढंगबाट अगाडी बढ्नका लागि आव्हान गर्दै सञ्चारकर्मी समेत रहेका महाअभियानका केन्द्रिय सचिवालय सदस्य शशि शर्मा मजगैंयाले सञ्चालन आरम्भ गरेको कार्यक्रमको उद्घाटन सदस्यहरुले भ्रष्टाचारी,बलात्कारी,घुसखोरी,अनियमितता,असमानता,गुण्डागर्दी जस्ता शब्द लेखिएका बेलुन फुटाउदै अध्यक्षद्धारा पानसमा दियो बाली गरिएको थियो । महाअभियानकी केन्द्रिय सचिवालय सदस्य रोषा श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सदस्य आर.के ढुङ्गाना मुक्तिले महाअभियानका २९ बुंदे माग बाचन गरेर सुनाउनु भएको थियो भने सदस्य दिपक कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका मुख्य केन्द्रका रुपमा रहेका महाअभियानका अध्यक्ष प्रकाश विकल्पले सिमित वर्गको हातमा सिमित राज्यका स्रोत–साधन र शक्तिका साथै नीति, नियम र अधिकारहरुलाई नागरिकको स्वामित्वमा फर्काउन सबै रंगीविरंगी दृष्टिकोण भन्दा माथि उठी देश निर्माणको पक्षमा नागरिक स्तरबाट हस्तक्षेपकारी भूमिका खेल्दै निर्णायक दबाबमार्फत् निश्चित समयमा विकास र समृद्धि हासिल गर्न देशमा पहिलो पटक ऐतिहासिक स्वतन्त्र नागरिक आन्दोलनका रुपमा सुशासन महाअभियान गठन गरिएको बताउनुभयो ।

राष्ट्रिय एकता र स्वाधिनता सहित पूर्ण सुशासन मार्फत् समृद्धि हासिल गर्न सशक्त रुपमा निर्णायक आन्दोलन तथा अभियानहरु सञ्चालन गरी सबै प्रकृतिका समस्याहरुको बैज्ञानिक ढंगले हल गर्न राज्यलाई परिणाममूखी दबाब र्सिजना गरी गतिशिल सोच र मानसिक पुर्नंसंरचनाको अपरिहार्यतालाई पूरा गर्न सभ्य, इमान्दार, नैतिकवान, कर्तव्य निष्ठ, परिश्रमी र राष्ट्रबादी जनमत निर्माण गर्नु यस महाअभियानको उद्देश्य रहेको बताउदै आफुलाई नागरीक स्तरबाट साथ र समर्थन रहने बताउनुभयो । कार्यक्रममा गायक एवम् संगीतकार सन्तोष रजौरेले देशभक्ति गीत प्रस्तुत गर्नुभएको थियो ।