इन्द्रेणी संवादाता
दाङ, १३ असार । राप्ती र लुम्विनी अञ्चलमा गएरातिदेखि अवरुद्ध विद्युत सेवा अझै सुचारु हुन सकेको छैन । बुटवल स्थित गोरुसिङे बर्दाघाट नजिकै ट्रान्समिसन लाईनमा खराबि आएका कारण बिद्युत्त सेवा अवरुद्ध भएको बिद्युत्त प्राधिकरण घोराही शाखाले जनाएको छ ।
विद्युत प्राधिकरण घोराही शाखाका सुचाना अधिकारी खेमराज भण्डारीका अनुसार बिग्रिएको ठाउमा मर्मत गर्ने काम भइरहेको छ । बिद्युत सेवा अवरुद्ध हुदा दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठान र लुम्बिनि अञ्चलका उपभोक्ताहरु मर्कामा परेका छन् ।
रातिदेखि विद्युत नहुँदा सन्चारमाध्यमहरु प्रत्यक्ष प्रभावित हुन पुगेका छन । विद्युत कतिखेर सुचारु हुने भन्ने वारेमा केहि भन्न नसकिने प्राधिकरणले जनाएको छ ।।