इन्द्रेणी संवाददाता
१३ असार
सल्यान स्यानिखाल गा.वि.स.का दुबै मृगौला पिडित हेमराज बुढाथोकी आर्थिक अभाब पछि सहयोगी मनहरुबाट उपचार र सहयोग आशामा आफ्नो जीवन जिइरहेका छन् । ६ परिवारको सदस्य मध्ये हेमराज ५महिनादेखी मृगौला विहिन बन्दै आइरहेका छन् ।photos (1)

उनी सम्झन्छन रे सायद म पनि एउटा नेता भइदिएको भए विदेशको सुविधासम्पन्न अस्पतालमा उपचार गराएर स्वस्थ भएर कुनै सभा कुनै कार्यक्रममा भाषण गरिरहेको हुन्थे होला ।

बेला बेला मनभित्र सोच्छन् रे कठै गरीबीलाई पिडामाथि पिडा हुन्छ । जिन्दगी पनि कस्तो उराठ्लाग्दो । म त थलिएको तर मेरो कारण सारा परिवार थल्लिरहेको छ ।

पिडाभित्र पिडा महसुस गर्छन् रे । ३६ वर्षको कलिलो उमेरमा शरिरको प्रमुख अंग नै रोगी भए कसैलाई पो पिडा नहोला र । यि पिडाका बिच हेमराज बुढाथोकीको जीवनको टर्निङ पोइन्ट बनेर आए, सल्यान श्रीनगर निवासी सल्यान दृष्ट्रिकोणका सञ्चालक ध्रुवराज वली लगायत उनका निकै निकट्तम साथीहरुले देश देखि विदेशसम्म हेमराज बुढाथोकी बचाउ अभियान नै चलाए ।