इन्द्रेणी संवाददाता
सल्यान १३, असार
सल्यानको कोर्वांगझिम्पेमा हाडटेक प्रविधिबाट गोलभेडा खेति शुरु गरिएको छ । झण्डै ६० लाखको लगानीमा इजरायली प्रविधिबाट गरिएको उक्त खेति यस क्षेत्रकै पहिलो हो । दारिमज्युला सहकारी संस्थाको अगुवाइमाकोर्वांगझिम्पे गाविसको वडा नं. २ मा १५ रोपनी क्षेत्रफलमा ३८ वटा फलामे टनेल बनाएर खेतिगरिएको सहकारी संस्थाका अध्यक्ष केश बहादुर विष्टले बताउनुभयो ।
६० लाखको लगानी रहेकोमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको ४८ लाख र वाँकी स्थानिय किसानहरुको लगानी छ । कृषकहरुले ३८ वटा फलामे टनेलभित्र १२ हजार बढि टमाटरकाविरुवा रोपेका छन् ।सो सहकारीभित्र २५ जना स्थानिय कृषक आवद्ध छन् ।
जिल्ला कृषिविकास कार्यालयले किसानहरुलाई नियमित रुपमा प्राविधिक सहयोग गरिरहेको वताएको छ ।फलामको टनेलभित्र खेतिगरिने सो प्रविधिअन्र्तरगतभुईमा प्लाष्टिक मल्च राखिने हुँदा गोडमेलको झण्झट नहुने, जालि लगाइएको हुनाले किराहरुबाट सुरक्षीत तथा छानाबाट तापक्रम व्यवस्थापन गर्न हरियो मेट राखिएका कारण यो लोकपृय भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषिविकास अधिकृत टेक प्रसाद लुईटेलले बताउनुभयो ।।
