दीपबहादुर घर्ती
जाजरकोट, १३ असार ।
जिल्ला पश्चिममा रहेको जुगाथापाचौरमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमद्धारा यहि असार ६ देखी ८ गते सम्म लैङ्गिक  समानता तथा सामाजिक समावेशिकरण र अनुगमन, मुल्याड्ढन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
images
महिला, पुरुष वीच वरावर अवसर र लाभका लागी लैङ्गिक समानता तालिम सम्पन्न भएको हो । तीन दिन सम्म चलेको तालिममा ३० जनाले भाग लिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक विपिन कडेलले वताए ।

तालिमको प्रशिक्षक समेत रहेका जिल्ला संयोजक कडेलले जलवायु परिवर्तनका कारणले अति जोखिम राष्ट्रहरुको सुचिमा–नेपाल चौथों स्थानमा, विपद जोखिमका हिसावले–नेपाल ११ औं स्थानमा, पानीजन्य जोखिमका हिसावले–नेपाल ३० औं स्थानमा रहेको वताए ।

हाल नेपालको अवस्था १९ लाख व्यक्तिहरु अति संकटासन्न अवस्थामा रहेको र  भविष्यमा थप १ करोड व्यक्तिले यो समस्याको महशुस गर्ने संयोजक कडेलले ठोकुवा गरे । राष्ट्रिय अनकुलन कार्ययोजनाले कृषि तथा खाद्य सुरक्षा, जलश्रोत तथा ऊर्जा, वन तथा जैविक विविधता, जनस्वास्थ्य र शहरी वसोवास तथा पूर्वाधार क्षेत्रलाई समेटेको हुदा स्थानिय अनकुलन कार्ययोजनाले पनि यिनै क्षेत्रलाई समेटेको जिल्ला संयोजक कडेलको भनाई छ ।

तीन दिनसम्म सञ्चालन गरिएको तालिमकोे मुख्य उदेश्य लैङ्गिक मुल प्रवाहीकरण, तथा सामाजिक समावेशीकरण सम्बन्धी अवधारणागत बुझाईको विकास गराउनु, लैङ्गिकता, विपद र जलवायू परिवर्तन बीचको अन्तर सम्बन्धको विश्लेषण गर्न सक्ने क्षमताको विकास गराउनु रहेको संयोजक विपिन कडेलले वताए । ।