पाँचथर, ९ चैत । एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले पाँचथरबाट एक जनालाई पक्राउ गरेको छ। पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार प्रहरीले फुङलिङबाट पक्राउ गरेको हो।
फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमा डेरा गरी बस्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेर भर्गवती बनाएको प्रहरीले जनाएको छ।
घरमा कोही नभएको मौकामा राईले बालिकालाई जबर्जस्ती करणी गर्दै आएका अनुसन्धानबाट खुलेको पाँचथरका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस











