काठमाडौं, ९ चैत । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।

cminपार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजेदेखि बस्ने बैठकमा मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा कांग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।