इन्द्रेणी संवाददाता
दाङ, ८ चैत । आजदेखि कक्षा १० को एसइइ परीक्षा शुरु हुँदैछ । देशभरबाट परीक्षामा ४ लाख ८५ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
दाङमा यसवर्ष कक्षा १० (एसइइ) परीक्षामा सामुदायिक र सस्थागत गरी कुल ११ हजार ६ सय १० विद्यार्थी सहभागी हुदैछन् । जसमा नियमिततर्फ १० हजार ८ सय ८६ र प्राविधिकतर्फ ३ सय ९७ जना रहेका छन् ।
विहान ८ बजेदेखि शरु हुने परीक्षामा आज पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्ष जिल्लामा परीक्षाका लागि ४३ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षा चैत १८ गतेसम्म चल्नेछ ।











