बझाङ, ७ चैत । विद्यालयमा वस्नका लागि बेञ्च छैनन् । विद्यार्थीहरु कोही खाली भुइमा वसेका छन् भने कोहीले आफैले सामा गरेर ल्याएको चकटीमा वसेर पढिरहेका छन् ।

School ing यो वाध्यता हो बझाङको दुर्गाथली गाउँपालिका बासुधाराको महादेव प्राथमिक विद्यालयको । सो विद्यालयका विद्यार्थीहरु बस्नका लागि घरदेखि नै चकटी लगेर जाने गरेका छन् ।

विद्यालय प्रशासनले बालबालिकाहरुका लागि बस्ने व्यवस्था नगरेपछि विद्यालयमा अध्यानरत कक्षा एकदेखि पाँचसम्मका सबै विद्यार्थीहरुलाई कक्षा कोठा भित्र भूईँमा बस्नु पर्ने बाध्यता छ । कक्षा भित्र र बाहिर चौरमासमेत ढुङ्गा माटोमा नै बसेर पठन पाठन गरीरहेका छन् ।

२०५३ सालमा स्थापित महादेव प्राथमिक विद्यालय बासुधारामा शिक्षकहरु बस्नलाई ६ ७ वटा प्लाष्टिकका कुर्सी र टेबुल भए पनि विद्यार्थी बस्नको लागि भने कुनै पनि व्यवस्था गरीएको छैन ।